काठमाडौं । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले सरकारको व्यवहारले आगामी १५ जेठको कार्यक्रम पनि १५ चैतको जस्तो तनावपूर्ण बन्ने आशंका व्यक्त गरेका छन् ।
काठमाडौंमा मंगलबार सम्पादकहरूसँगको छलफलमा सुवेदीले यस्तो बताएका हुन् । ‘हामी निर्णायक आन्दोलनमा छौं । हाम्रो आन्दोलन अहिंसात्मक हुन्छ । तर, सरकारको रबैया १५ चैतकै जस्तो होला कि भन्ने डर छ,’ सुवेदीले भने ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबारको एक कार्यक्रममा १५ जेठमा ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।




















प्रतिक्रिया