काठमाडौं । आज सेयर बजारमा सामान्य वृद्धि भएकाे छ । नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५ को विन्दुमा कायम भएको छ ।
आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य बढेको छ । आज ६ अर्ब ५२ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनकिो ४७ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री, ग्रिन डेभलपमेन्ट बैंक र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पियोर इनर्जीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया