Logo

अर्थ

यस्ता छन् बजेटका प्रमुख उद्देश्य र प्राथमिकता



काठमाडौं । आर्थिक वर्षको बजेटका पाँच उद्देश्य र प्राथमिकता छुट्टाएको छ ।

संसदमा बजेट वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटका उद्देश्य र प्राथमिकता छुट्टाएका हुन् ।

यस्ता छन् बजेटका प्रमुख उद्देश्य

१.उच्च दिगो एव फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने ।

२.उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने ।

३.आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने ।

४.सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ।

५.गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने ।

यस्ता छन् बजेटका प्रमुख प्राथमिकता

१.उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्वको अभिवृद्धि ।

२.प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार ।

३.सामाजिक क्षेत्रमा गुणात्मक सुधार ।

४.सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता ।

५. नागरिक मैत्री सेवा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १५:४९   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।