काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो १० दिनको अवधिमा भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फर्काएको छ । सबैभन्दा धेरै यूएई जान खोज्नेहरूलाई फर्काइएको कार्यालयले जनाएको छ ।
गृह मन्त्रालयका सहसचिव एवम् तीर्थ भट्टराईलाई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले ७ जेठमा नियन्त्रणमा लिएर केरकार थालेपछि अध्यागमन कार्यालयले कडाइ गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वरिष्ठ अध्यागमन अधिकृत एवम् सूचना अधिकारी अञ्जन न्यौपानेले ८ जेठदेखि १८ जेठको अवधिमा भिजिट भिसामा विदेश जान खोज्ने ६६६ जनालाई फर्काइएको जानकारी दिए ।
उनका अनुसार सबैभन्दा धेरै यूएई जान खोज्ने ४३७ जनालाई फर्काइएको छ । त्यसपछि क्रमशः ओमान, कतार, कम्बोडिया र मलेसिया जान खोज्नेहरू पनि छन् ।




















प्रतिक्रिया