Logo

प्रमुख समाचार

अदालतलाई विश्वास गरौं, दोषी निर्दोषको छिनोफानो त्यहीँ हुन्छ : गगन थापा



विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतमाथि भरोसा राख्नुपर्ने बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले अदालतले निर्दोषमाथि अन्याय हुन नदिने स्पष्ट पारे।

उनले भने, ‘अख्तियारले अनुसन्धान गरेर अदालतमा अभियोजन गरेको छ, अब अदालतमाथि विश्वास गरौं। अदालतले कोही दोषी भए निर्णय गर्छ, निर्दोषलाई बचाउँछ भन्ने विश्वास गरौं।’

अदालतमा गइसकेका विषयमा थप टिप्पणी गर्न उपयुक्त नुहने बताउँदै उनले उक्त विषय अदालतले नै निरुपण गर्ने बताए ।

उनले गृहमन्त्री रमेश लेखकको विषयमा राजीनामा माग गर्ने कुरा नरहेको बताए । भिजिट भिसा प्रकरणको अनुसन्धान अख्तियारबाट सुरु भएको बताउँदै उनले अनुसन्धानको प्रकृया अघि बढाएको अख्तियारलाई अनुसन्धान गर्न दिनुपर्ने बताए ।

‘अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न दिऔं, अनुसन्धान टुंगिएपछि यो प्रकरणको सन्धर्वमा थुप्रै काम गर्नुपर्ने छ,’ उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई कतैबाट प्रभावित पार्न नहुने उनले बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार १६:३०   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।