Logo

प्रमुख समाचार

विपक्षीले नमाने पनि पेलेरै अघि बढ्ने तयारीमा सत्तापक्ष



काठमाडौं । सत्तारुढ दलका सांसदहरूले विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने बताएका छन् ।

सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका मुख्य सचेतकको छलफलपछि कांग्रेस प्रमुख सचेत श्याम घिमिरेले प्रतिपक्षी सहमतिमा आएपनि नआएपनि संसद चल्ने बताएका हुन्  ।

‘आजबाट संसद सञ्चालनमा आउँछ । अपोजिसनबाट हामीले कुनैपनि निष्कर्ष र निर्णय हामीले पाएका छैनौँ,’ घिमिरेले भने, ‘उहाँहरूले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ । यदि उहाँहरूले अप्ठ्यारो गरेपनि केही असहज होला तर संसद अगाडि बढ्छ ।’

आजैबाट बजेटमाथि छलफल प्रारम्भ हुने पनि उनले बताए ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितको छलफलका क्रममा आ–आफ्ना अडान यथावत रहँदा सहमति जुट्न सकेको छैन ।

आजका लागि प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बोलाइएको छ । यद्यपि बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १४:१४   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।