Logo

प्रमुख समाचार

वाईसीएललाई प्रचण्डको निर्देशन- प्रतिगमनकाविरुद्ध खरो रूपमा प्रस्तुत हुनुस्



‍काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

नवनिर्वाचित योङ कम्युनिष्ट लिग (वाईसीएल नेपाल)का पदाधिकारीलाई स्वागत गर्दै नेतृत्वको आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो बनाएर प्रस्तुत हुन निर्देशन दिए ।

उनले भने, ‘प्रतिक्रियावादी प्रतिगमनकारीहरूले हामीले जनयुद्धबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन्। कहीँ न कहीँ जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिस भइरहेका छन्।’

उनले नवनिर्वाचित कार्यसमितिलाई पार्टीको आदेशमा सबैखाले प्रतिगमनक विरुद्ध खरो र दरो उभिन आग्रह गरे । ‘नवनिर्वाचित तपाईँहरूको पदाधिकारीको टिम पक्कै पनि यो जनरल स्टाफ जस्तै हो। वाईसीएल नेपालको जनरल स्टाफ नै हो यो,’ उनले भने, ‘तपाईँहरूले पार्टीको नेतृत्व आदेशमा सबै खाले प्रतिक्रियावाद र प्रतिगमनका विरुद्ध आफूलाई खरो र दरो साबित गर्नुहुनेछ ।’

वाईसीएलको ७५ सदस्यीय पदाधिकारी चयन भएको छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १३:४९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।