Logo

समाचार

टोखामा गोली चल्यो, दुई जना घाइते



काठमाडौं । टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।

मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलवार १६:०३   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।