Logo

प्रमुख समाचार

संसदको अवरोध आज या भोलिसम्म हट्छ : प्रवक्ता गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज वा भोलिसम्ममा संसदको अवरोध हट्न सक्ने विश्वास व्यक्त गरेका छन् । सत्ता पक्ष र प्रतिपक्षबीच छलफल सकारात्मक दिशामा अगाडि बढिरहेको बताउँदै उनले संसद खुलाउने विषयमा सहमति नजिक पुगेको संकेत दिए ।

आज मन्त्रालयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी दलहरुले अवरोध खुलाउनेबारे छलफल भइरहेको जानकारी दिए ।

‘बढीमा संसदीय छानबिन समिति बनाउने वा कसरी बनाउने भन्नेबारे छलफल भइरहेको छ। मन्त्रीले संसदमा उठेका विषयमा धारणा राख्ने, सरकारको पक्ष स्पष्ट गर्ने र प्रतिपक्षले संसद सञ्चालनमा सहयोग गर्ने सन्दर्भमा कुरा मिल्ने आशा छ,’ गुरुङले भने ।

गुरुङले ‘सम्भवतः आज या भोलिसम्ममा कुरा मिल्छ होला भन्ने जानकारी दिन चाहन्छु,’ भन्दै छिट्टै सहमति हुने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार १३:५०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।