Logo

अर्थ

गभर्नर पौडेलले बनाए ३ सदस्यीय बैकिङ क्षेत्र सुधार सुझाव समिति



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकले एक महिनाकाे समय तोकेर केही ‘टिओर’ सहित बैंकिङ क्षेत्र सुधार सुझाव समिति गठन गरेको हो ।

राष्ट्र बैंकको २१ जेठमा बसेको सञ्चालक समिति बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म समितिका संयोजक र सदस्यलाई चिठी भने दिएको छैन ।

राष्ट्र बैंककै पूर्व कर्मचारीसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा समिति बनाएको हो । समितिमा बैंकर भुवन दहाल सदस्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार ११:४३   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।