काठमाडौं । दरमखोला हाइड्रो इनर्जीले असार ९ गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ ल्याउन लागेको हो ।
नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रोलाई जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशतले हुन आउने ३९ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकिद दरका कुल ३९ लाख ५० हजार कित्ता आइपीओ ल्याउने अनुमति पाएको हो ।
कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित गुल्मीको मुसीकोट नगरपालिका, बागलुङको गल्कोट नगरपालिका र बडीगाड नगरपालिकाका स्थानीयलाई र सर्वसाधारणलाई छुट्याइएको २९ लाख १९ हजार ५०० कित्ताशेयरको १० प्रतिशतले हुन आउने २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ। दोस्रो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ५८ हजार ३९० कित्ता कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगाानीलाई र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
यो आइपीओमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपाली र स्थानीयले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारमा रहेका नेपालीले धितोपत्र बोर्डबाट सी–आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । स्थानीयले भने ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा, दरमखोला पावरहाउसको स्वीकृतिपछि तोकिने संकलन केन्द्रबाट खरिद आवेदन दिन सक्नेछन् ।
दरमखोला हाइड्रोको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।




















प्रतिक्रिया