काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपालाई पाँच वटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेको रवि लामिछानेलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ? भन्दै प्रश्न गरेका छन् ।
आइतबार रास्वपा र राप्रपाको विरोधकाबीच नै सुरु भएको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर प्रमुख सचेतक घिमिरेले यस्तो प्रश्न गरेका हुन् ।
उनले भने, ‘रास्वपाले नैतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ । राजीनामा माग्ने साथीहरूले पाँच वटा अदालतमा सहकारीमा ठगी, सम्पत्ति शुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेका सर्वोच्चले समेत थुनामा राख्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ?’
प्रतिनिधिसभा सदस्यबाट लामिछाने निलम्बनमा रहेका छन् । प्रतिनिधिसभा सदस्य पदबाट निलम्बनमा रहेका व्यक्ति रास्वपा संसदीय दलको नेता कसरी रहिरहन सक्यो भन्ने पनि उनको प्रश्न छ ।
प्रतिक्रिया