काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा विरोध जारी राख्ने बताएको छ ।
रास्वपाका नेता शिशिर खनालले आफूहरूको माग सम्बोधन नभएको बताए ।
रास्पाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने रास्वपाको अडान छ । यी माग पूरा नभएसम्म संसद्मा विरोध जारी राख्ने रास्वपाका नेताहरू बताउँछन् ।
विरोधलाई अगाडि बढाउने सम्बन्धमा रास्वपा आन्तरिक छलफलमा छ ।
आइतबार रास्वपाका सांसदहरूले सवा ३ घण्टासम्म संसद्मा नाराबाजी गरेका थिए । आज सोमबार पनि प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।




















प्रतिक्रिया