Logo

राजनीति

सदनमा शक्ति बस्नेत बोल्दा सूर्य थापाको आपत्ति, भने- हामी रत्नपार्कमा छौं ? मैले बुझ्न सकिनँ



काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्ति बस्नेतले प्रतिनिधिसभामा बजेटमाथिको छलफलको क्रममा बोलेका बेला सत्तारूढ नेकपा एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका छन् ।

सांसद थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई लक्षित गर्दै बजेट छलफलको मर्यादा र सदनको वातावरणबारे प्रश्न उठाएका थिए । उनले भने, ‘हामी बजेटमाथि छलफल गरिरहेका छौं। यस्तो छलफलका बेला बैठक कसरी सञ्चालन हुनुपर्छ? कस्तो मर्यादामा चल्नुपर्छ? के हामी रत्नपार्क, सहिद गेट, कलंकी वा पोखराको चिप्ले ढुंगामा छौं? मलाई बुझ्न गाह्रो भयो।’

 

प्रकाशित मिति : २ असार २०८२, सोमबार १५:०७   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।