काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानबीचको बढ्दो द्वन्द्वका सन्दर्भमा इजरायलमा रहेका नेपालीहरूको सुरक्षाबारे जानकारी लिएकी छिन् ।
नेपालका लागि इजरायली राजदूत स्मगलर एरी बाससँग सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री राणाले युद्धको सम्भावित असरमा नेपाली नागरिकहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आवश्यक सहयोगका लागि आग्रह गरेकी हुन् ।
मन्त्री राणाले युद्धको अवस्थामा नेपाली नागरिक असुरक्षित रहेको भन्दै सुरक्षित अवस्थाका लागि आवश्यक सहायताको पहल गरिदिन राजदूत बासलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजदूत बासले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेका जानकारी गराएका थिए ।
इजरायल र इरानबीच युद्धको अवस्था निम्तिएपछि आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराएको थियो ।




















प्रतिक्रिया