Logo

समाचार

रवीन्द्र मिश्रको बयान न्यायाधीश महर्जनको इजलासमा



काठमाडौं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएसँगै बयान सुरु भएको छ ।

तीनकुने घटनाका प्रतिवादी मिश्रको बयान मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासमा सुरु भएको हो ।

चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी मिश्रविरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । मिश्रलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार ११:४४   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।