काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
बोर्डका अनुसार नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो ।
अहिले अधिकांश जिल्लाबाट उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको र प्राप्ताङ्क बोर्डको केन्द्रमा आइपुगेकाले ती प्राप्ताङ्क कम्प्युटर प्रणालीमा इन्ट्री गर्ने काम तीव्र गतिमा भइरहेको बोर्डले जनाएको छ ।
एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी थिए ।





















प्रतिक्रिया