Logo

समाचार

यसरी ब्युँताइँदै छ लिच्छविकालीन सप्तपाताल पोखरी (तस्बिरहरू)



काठमाडाैं । ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ । नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीको पुरानो स्वरूप फर्काउने प्रयासस्वरुप दुई महिनादेखि काम भइरहेको हो ।

ललितपुर महानगरपालिकाले पुनर्निर्माणको काम गरिरहेको छ ।

सर्वोच्च अदालतले नमुना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको हो । आदेशपछि १४ रोपनी जग्गाको लालपुर्जा सप्तपातलको नाममा बनेको छ । लिच्छविकालीन यो पोखरीले नयाँ जीवन पाउने भएपछि स्थानीयबासी हर्षित छन् ।

तस्बिरहरू:

 

प्रकाशित मिति : ४ असार २०८२, बुधबार ११:४२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।