Logo

प्रमुख समाचार

पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच भेटवार्ता



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ ।

मंगलबार पूर्व राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । उनीहरूबिच करिब एक घण्टा भेटवार्ता भएको बुझिएको छ ।

भेटमा पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चाकाबिच ओलीसँग भेटवार्ता हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार २१:११   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।