Logo

खेलकुद

विपिनको कप्तानीमा यू–१६ राष्ट्रिय क्रिकेट टोली घोषणा



काठमाडौं । आगामी जुन २० देखि जुलाई ६ सम्म मलेसियामा हुन गइरहेको एसीसी इस्ट जोन कप २०२५ का लागि यू–१६ राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ ।

विपिन शर्माको कप्तानीमा बिहीबार १४ सदस्यीय टोली घोषणा गरिएको नेपाल क्रिकेट संघले जनाएको छ ।

टोलीको उपकप्तानको जिम्मेवारी सुर्यान्शु कोइरालालाई दिइएको छ ।

यस्तै परिमर्जन यादव, शिवांश बजगाईं, रौनक श्रीवास्तव, सचिन भट्ट, सुयोग भट्टराई, सुभम खनाल, जोय थापा र अभय यादव पनि टोलीमा छन् । यसैगरी सुगम बुढाथोकी, सुशीलबहादुर रावल, प्रसिद्ध जैसी र रोशन शाहीसमेत टोलीमा अटाएका छन् ।

 

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १५:४०   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।