Logo

प्रमुख समाचार

शुक्रबारदेखि मनसुन प्रणाली देशभर फैलियाे



 

काठमाडौँ । यस वर्षको मनसुन प्रणाली शुक्रबारदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो ।
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो ।

मौसमविद् प्रतिमा मानन्धरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहने बताइन् ।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार १९:३२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।