काठमाडौं । सिंगापुरमा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ६ विकेट र १६.३ ओभर बाँकी छँदा भेट्टायो ।
नेपालका ओपनर प्रसिद्ध जैसीले अर्धसतक बनाए । उनले ९१ बलमा अर्धसतक पुरा गरेका हुन् । उनी ५५ बलमा अविजित रहे ।
नेपालका अर्का ओपनर सुर्यान्सु कोइराला ब्याटिङका क्रममा घाइते भएर बाहिरिएका थिए । ९ रन बनाएर उनी मैदानबाट बाहिरिएपश्चात प्रसिद्धले तेस्रो नम्बरमा ब्याट्सम्यान रौनक श्रीवास्तवसँग बलियो साझेदारी गरे ।
श्रीवास्तवले ४४ बलमा ४० रन जोडेका थिए ।
यसअघि पहिले बलिङ गर्दै नेपालले सिंगापुरलाई १३५ रनमा रोकेको थियो । नेपाली टीमका कप्तान विपीनप्रसाद शर्माले ४ विकेट लिए ।
नेपालका लागि सचित भट्टले ६ ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका छन् । यस्तै अभय यादव र शुभम खनालले एक-एक विकेट लिए ।




















प्रतिक्रिया