Logo

प्रमुख समाचार

हिमालयन बैंक र नागरिक लगानी कोषबीच सेयर प्रत्याभूति सम्झौता



काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासनको प्रत्याभूति गर्ने भएको छ ।

सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर गरेका हुन ।

सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार चार सय ६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ ।

सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ ।

प्रकाशित मिति : ८ असार २०८२, आईतवार २०:०२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।