Logo

अर्थ

पूर्वी नवलपरासीको धौबादीमा १०० वर्षका लागि पुग्ने फलाम खानी



काठमाडौं । यसैगरी, पूर्वी नवलपरासीको धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा ड्रिलिङ कार्य तथा फलाम खानीको सम्भाव्यता अध्ययन भई प्रक्रिया अघि बढिरहेको विषयमा पनि प्रधानमन्त्री ओलीलाई अवगत गराइएको थियो ।

आगामी एक सय वर्षका लागि पुुग्ने करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन् गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।

नियमित प्रक्रियाबाट २०८५ सालभित्रमा फलाम स्टिल उत्पादन गर्न सकिने कम्पनीको प्रस्तुति थियोे ।

प्रधानमन्त्री ओलीले २०८५ साल अघि नै फलामरस्टिल उत्पादन गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिएका थिए ।

सो कार्यका लागि स्रोत, साधन र कानुनी सहजीकरणका लागि सरकारले सबै प्रबन्ध गर्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

छलफलमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, दैलेखका सांसद्हरुलगायत सहभागी थिए ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार ०७:३९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।