Logo

प्रमुख समाचार

प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा शमशेर पराजुली नियुक्त



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शमशेर पराजुली नियुक्त भएका छन् ।

असार ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पराजुलीलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी सर्वसाधारण सेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

यसअघि सर्वसाधारण सेयरधनी लिबर्टी होल्डिङग्सका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका शंकर गौतललाई फिर्ता बोलाइएपछि सञ्चालक पद रिक्त रहेको थियो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार ०८:१२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।