Logo

समाचार

टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन



काठमाडौं । टिकटकर रमा बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको छ । रमाका बाबु बलदेव बस्नेतले दायर गरेको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाईपछि उनलाई पक्राउ गर्नुको कारण देखाउ आदेश जारी गरेको छ ।

बलदेवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साईबल ब्यूरो लगायत विरुद्ध निवेदन दिएका हुन् । उक्त निवेदनमाथी न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

साइबर व्यूरोले टिकटकर बस्नेतलाई विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो । बस्नतेले प्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उनको पाटीलाई लक्षित गर्दै टिकटकमा गाली गरेकी थिईन ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार १६:०३   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।