Logo

प्रमुख समाचार

मलाई गरेको गाली सहन्छु, संविधान र प्रणालीको अपमान सह्य हुँदैन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने टिप्पणी गरेका हुन् ।

आफूमाथि कुनै गाली, अपमान गरेको सहनसक्ने तर शहीदहरूको बलिदानप्रतिको अपमान सहन नसक्ने उनको भनाइ थियो ।

‘राष्ट्रियताको प्रश्नमा प्रणालीको प्रश्नमा लोकतन्त्रको प्रश्नमा र म आफूलाई कसैले आलोचना गरोस्, विरोध गरोस्, गाली गरोस् सहन्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘तर शहीद, शहीदप्रतिको अपमान, शहीदले दिएको बदिलानप्रतिको अपमान, विगतका संघर्ष र बलिदानको अपमान, प्रणाली, संविधानको अपमान सह्य हुन सक्दैन ।’

अहिलेको प्रणालीको रक्षा गर्नु र संविधानको रक्षा गर्नु एवं प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु सरकारको कर्तव्य भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार १७:२८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।