Logo

प्रमुख समाचार

संसदीय समितिबाट सर्वसम्मत पारित विधेयकमा चलखेल हुने गरेकाे भन्दै प्रचण्डले गराए ध्यानाकर्षण



काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिबाट पारित भएका विधेयक सदनमा पुगुञ्जेलसम्म धेरै चलखेल हुने गरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले विषयगत समितिमा गम्भीर छलफल भएर पारित भएका विधेयक समेत संसदको पूर्ण बैठकसम्म पुग्दा चलखेल हुने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘समितिमा अध्ययन गरेर सर्वसम्मत वा मतदानबाट पारित भएका विधेयक संसद्को पूर्ण बैठकमा पुग्दासम्म धेरै चलखेल हुने गरेको छ । केही संवेदनशील र असाध्यै महत्त्वपूर्ण विधेयकहरू असार १५ गतेभित्र पारित गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘विधेयकलाई अगाडि बढाउन ढिलो गर्ने, छेडखानी गर्ने काम नगरियोस् । यहाँबाट पारित भएका विधेयक समयै सदनमा प्रस्तुत होस् भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यसमा समितिका सभापतिले पनि चाँडै अगाडि बढाउन तदारुकता देखाइयोस् ।’

प्रचण्डले नेपालमा समायनकूल ऐन, नियम कानुन परिवर्तन नभएर पनि समस्या आएको बताए । राजतन्त्र र गणतन्त्र पक्षधरबीच बहस भएकाले कानुन संशोधनमा समस्या देखिएको उनले धारणा राखे ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १३:४२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।