Logo

प्रमुख समाचार

माधव नेपाललाई भेट्न अदालतको इजलास कक्षमै पुगिन् राम कुमारी झाँक्री



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेतृ राम कुमारी झाँक्री विशेष अदालत पुगेकी छन् ।

झाँक्री बुधबार साँझ पार्टी अध्यक्ष नेपाललाई भेट्न अदालतको इजलास कक्षमै पुगेकी हुन् ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी आज अदालत पुगेका थिए ।

थुनछेक बहस सकिएसँगै न्यायाधीशहरू आदेश लेखनमा जुटेका छन् । नेपालसहित कानुन व्यवसायीहरू इजलास कक्षभित्रै आदेशको पर्खाइमा छन् ।

नेपालसँग गोविन्द बन्दी, शम्भु थापालगायत कानुन व्यवसायीहरू रहेका छन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १९:५८   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।