Logo

अर्थ

बैंकिङ कसुर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ



काठमाडौँ । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तनहुँ बन्दिपुर गाउँपालिका -१ घर भएका ४७ वर्षीय विष्णु बहादुर भण्डारी र काठमाडौँ महानगरपालिका २६ गोङ्गबु बस्ने रोल्पा माडी गाउँपालिका ४ घर भएका ३८ वर्षीय प्रेम बहादुर विक रहेका छन् ।

उनीहरूलाई जिल्ला अदालत काठमाडौँको २०० मंसिर २७ गतेको फैसलाले उक्त मुद्दामा ११ लाख रुपैयाँ जरिवाना र १ म-हिना कैद सजाय ठहर भएका थिए ।-

पक्राउ मध्ये विष्णु बहादुरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ भने प्रेम बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय कोहलपुर बाँके पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १९:३५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।