Logo

प्रमुख समाचार

आज लुम्बिनी प्रदेशसभाको बैठक बस्दै



रुपन्देही । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

असार १ मा आएको बजेटमा सत्तारूढ दलमै विरोध भएपछि अहिलेसम्म रोकिएको थियो ।

आजको बैठकमा आर्थिक वर्ष २०८२र०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकमा दुईवटा मुख्य कार्यसूची रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित‘आर्थिक वर्ष २०८२र०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।

सो प्रस्तावमाथि सभामा छलफल हुनेछ भने छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मन्त्री कार्की स्वयंले दिने कार्यसूचीमा समावेश गरिएको छ ।

कार्यसूचीअनुसार मन्त्री कार्कीबाट‘आर्थिक वर्ष २०८२।०८३ को विनियोजन विधेयक’ पनि प्रदेश सभामा पेश गरिनेछ ।

यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो । त्यसयता बजेट प्रस्तुत भएको १७ औं दिनमा बैठक बस्न लागेको हो ।

यसअघिको बैठक असार ७ गतेका लागि निर्धारण गरिएको भए पनि विविध कारणले स्थगित गरिएको थियो ।

बजेटमा असन्तुष्ट एमाले कांग्रेसबीच सहमतिपछि सदन बोलाइएको हो ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार ०७:४५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।