Logo

प्रमुख समाचार

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियाे लाेसपा



काठमाडौं । लोसपासँग प्रदेश सभामा तीन सांसद छन् । ढयसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारबाट समर्थन फिर्ता लिएको थियो, जसको एक मात्र सांसद छन् ।

मङ्गलवारको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफलको कार्यसूची थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरे पनि सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएको छ ।

प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रसहित अन्य विपक्षी दलहरूले बजेट असन्तुलित र समावेशी नभएको भन्दै पुनर्लेखनको माग राखेका छन् ।

बैठकमा विपक्षी दलहरूको अवरोधपछि दुई पटक ३०–३० मिनेट स्थगित गरियो ।

सहमतिको प्रयास असफल भएपछि लोसपाले समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।

त्यसपछि उनीहरूलाई प्रतिपक्ष बनाएर बैठक सञ्चालन भयो ।

माओवादी केन्द्रका नेता जोखबहादुर महराले सरकारको यो कदमप्रति आपत्ति जनाउँदै बैठकको नाटकीय सञ्चालन भएको आरोप लगाए ।

माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमार्चा र नेकपा एकीकृत समाजवादीले प्रदेशसभाको साँझको बैठकमा भाग नलिने घोषणा गरेका छन् ।

सत्तारुढ नेपाली कांग्रेसले पनि बजेट संशोधन नगरे पारित नहुने चेतावनी दिएको छ ।

 

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार २१:०८   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।