Logo

कोशी प्रदेश

ताप्लेजुङमा पहिरोले घर पुरियाे, चार जना घाइते



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।
स्थानीय  हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि पाँचथर पठाइएको प्रहरीले जनाएको छ ।
घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । छिमेकीले उनीहरूको उद्धार गरेका थिए ।

 

प्रकाशित मिति : १८ असार २०८२, बुधबार ०९:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।