काठमाडाैं । गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले चौहानलाई गाली गर्ने एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राई छन् । उनीविरूद्ध म्याद थप भइसकेको छैन । उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी छ ।
गायिका चौहानले गत सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी थिइन् । त्यसमध्ये एक जना समातिएका हुन् ।




















प्रतिक्रिया