Logo

प्रमुख समाचार

श्रम अदालतको आदेशपछि विमान परिचारिकालाई काममा फर्काउन तयार



काठमाडौँ । नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान परिचारिकालाई काममा फर्काउन तयार रहेको जानकारी गराएको छ ।

यही असार ६ गतेको अन्तरकालिन आदेश बमोजिम निगमले श्रम अदालतमा बुधबार बरिष्ठ विमान परिचारिका प्रजिता कार्कीलाई काममा लगाउन तयार रहेको जानकारी गरांएको हो ।

आजै निगमले कार्कीलाई काममा फर्कन इमेलमार्फत पत्राचार गरेको उनका कानुन व्यवसायी अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए ।

श्रम अदालतको आदेश बमोजिम आफूलाई काममा फर्काउन निगम सहमत भएको र सोही अनुसार आफू नियमित सेवामा रहने विमान परिचारिका कार्कीले बताइन् ।

वरिष्ठ विमान परिचारिका कार्कीलाई कार्यालयमा हाजिर गराउन असार ६ र असार १३ गते अदालतबाट अन्तकारलीन आदेश जारी गर्दै विपक्षी निगम व्यवस्थापनलाई अदालत झिकाएको थियो ।

श्रम अदालतका न्यायाधीशहरु जनकराज पाण्डे, निशा बाँनिया र शैलेन्द्रकुमार चौरसियाको इजलासबाट उक्त आदेश जारी भएको थियो ।

अदालतको यो निर्णयले अब निगममा कार्यरत करारका क्याविन क्रुलाई कम्तीमा ५० वर्ष उमेरसम्म सेवा सुनिश्चित भएको छ । स्रोतः रासस

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार २२:५२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।