काठमाडौं । माबिलुङ इनर्जीको पहिलो चरणको आईपीओ आज आइतबारदेखि खुलेको छ । वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयबासीका लागि पहिलो चरणमा आईपीओ खुलेको छ ।
कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जुन जारी पूँजी ३८ करोड ५८ लाख २५ हजार रुपैयाँको ४८.९९ प्रतिशत हो ।
वैदेशिक रोजगारमा रहेकाहरुका लागि ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित स्थानीयबासी तथा १ लाख ५० हजार ४७१ कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन हुने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रका रुपमा संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नबर ७, ८, ९ र चैनपुर नगरपालिका वडा नम्बर २,३,७, ८, ९ मा स्थायी बसोबास गर्ने नेपाली नागरिक पर्दछन् । प्रभावितले छिटोमा साउन ४ र ढिलोमा १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले साउन ४ गतेसम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।




















प्रतिक्रिया