Logo

प्रमुख समाचार

पक्राउ परेको एक हप्तामै रिहा भए काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल



काठमाडौं । काठमाडौं भ्यू टावर निर्माणका ठेकेदार मनोजकुमार भेटवाल चेक बाउन्स मुद्दामा पक्राउ परेकाे एक सातामै रिहा भएका छन् ।

करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको उजुरीका आधारमा असार १३ गते भेटवाललाई प्रहरीले पक्राउ गरेको थियो ।

सोही दिनदेखि गणना हुनेगरी असार १५ गते अदालतले ६ दिनको म्याद थप गरेको थियो। तर, असार १९ गते पुनः म्याद थप नभएपछि उनी स्वतः रिहा भएका हुन् ।

प्रकाशित मिति : २२ असार २०८२, आईतवार १४:४१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।