Logo

प्रमुख समाचार

शिक्षा समिति बैठकमै लफडा



काठमाडौँ । आइतबार संसद्को शिक्षा समिति बैठकमा लफडा भएको छ ।

समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले थप समय माग गरेपछि समिति सदस्यहरूले आफ्नो धारणा राख्ने क्रममा लफडा भएको हो ।

माओवादी सांसद रेखा शर्माले कुनै पार्टीको ह्विप मान्न समिति तयार नरहेको बताइन् ।

उनले अहिलेसम्म सहज रूपमा समिति अघि बढिरहेको अवस्थामा आज आएर समितिमा दलको ह्विप लाग्ने काम भइरहेको बताइन् ।

‘उपसमितिले यसअघिको बैठकमा उपसमितिको प्रतिवेदन लक गरिएको भनेको थियो ।

आज आएर फेरि थप समय माग गरिएको छ। हामीलाई कुनै दलको ह्विप लगाउने काम नहोस्।

हामी कसैको ह्विप मान्न तयार छैनौ,’शर्माले भनिन् । त्यही बेला समिति सदस्य तथा कांग्रेस प्रमुख सचेतक घिमिरे आक्रोशित भए ।

समिति सभापति अम्मरबहादुर थापाले घिमिरेलाई बस्न अनुरोध गरेपनि घिमिरे भने उठेर हिँडेका हुन् ।

प्रकाशित मिति : २२ असार २०८२, आईतवार २०:१०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।