Logo

अर्थ

विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब, १४.७ महिनाको आयात धान्ने



काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ । जेठ मसान्तसम्म उक्त रकम बराबर विदेशी मुद्रा सञ्चिति पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यो सञ्चिति १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । वस्तु आयात भने १७.६ प्रतिशत धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर कुल विदेशी मुद्रा सञ्चिति थियो । यो ११ महिनामा २५.९ प्रतिशतले बढेर २५ खर्ब ६९ अर्ब पुगेको हो ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १३:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।