Logo

समाचार

टेक्सासमा रहने नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेका छन् ।

बीबीसीका अनुसार टेक्सासमा आएको आकस्मिक बाढीपछि हालसम्म १०० भन्दा बढीको मृत्यु पुष्टि भएको छ, जसमा केर काउन्टीका मात्रै कम्तीमा ८४ जना नागरिक परेका छन् ।

प्रधानमन्त्री ओलीले टेक्सासमा धेरै नेपालीको बसोवास रहेको भन्दै सतर्क रहन आग्रह गरेका हुन् ।

‘अमेरिकास्थित टेक्सासमा धेरै नेपालीको बसोबास छ। त्यहाँ अहिले बाढीका कारण १०० जना भन्दा बढीको ज्यान गएको खबर आएको छ । टेक्सासको बाढीबाट ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु । त्यहाँ बसोबास गर्ने नेपालीहरुलाई सतर्क रहन आग्रह गर्दछु ।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १५:१४   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।