Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ६ अर्ब ५७ करोडको कारोबार



काठमाडौं । आज सेयर बजारमा सामान्य गिरावट भएको छ । नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३ को विन्दुमा कायम भएको छ ।

आज १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीका लगानीकर्ताले ८.२१ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १५:२२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।