Logo

अर्थ

नेपाल एसबीआई बैंकले ३२औँ वार्षिकोत्सव मनायो



काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले सोमबार आफ्नो ३२औँ बैंक दिवस मनाएको छ। यस अवसरमा बैंकले शपथ ग्रहण समारोह आयोजना गर्‍यो, जहाँ बैंकका सबै कर्मचारीहरूले बैंकप्रति आफ्नो जिम्मेवारी र प्रतिबद्धताका लागि शपथ लिए।

समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले बैंकका उपलब्धिहरूमाथि प्रकाश पारे । उनले वित्तीय सेवाहरूमा बैंकको नेतृत्वदायी र अग्रगामी भूमिका लाई कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए ।

त्यसैगरी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्‍याउने सबै कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरे र आगामी वर्षहरूमा पनि सोही योगदान जारी राख्न अनुरोध गरे । प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डेले सबै सरोकारवालाहरूलाई कृतज्ञता व्यक्त गर्दै सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे ।

यस अवसरमा बैंकले कमलादीमा रहेको कर्पोरेट कार्यालयसहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम पनि आयोजना गर्‍यो । यसका साथै भैरहवा, रुपन्देहीमा अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार ११:४६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।