Logo

अर्थ

यामाहाले ७०औँ वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर



काठमाडौं । जापानी मोटरसाइकल ब्रान्ड यामाहाले आफ्नो ७०औँ वार्षिकोत्सव अवसरमा नेपालभर राष्ट्रव्यापी एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । यामाहा नेपाल (एमएडब्लू राइड्स)द्वारा आयोजित यो अफर असार २५ देखि ३२ गतेसम्म देशभरका सबै यामाहा शोरूमहरूमा लागु हुनेछ ।

‘साधारणबाट लिजेन्डरीमा’ भन्ने नारासहितको यो क्याम्पेन अन्तर्गत ग्राहकहरूले रु. ७,००० सम्मको नगद छुट पाउनेछन् भने केवल ७.९९ प्रतिशत ब्याजदरमा ईएमआई सुविधा समेत उपलब्ध हुनेछ, जसले नयाँ बाइक वा स्कुटर खरिदलाई थप सहज बनाउनेछ ।

अफरका थप विशेषताहरूमा समावेश छन्:
कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटरमा रु. २५,००० को न्यूनतम मूल्यांकन
अतिरिक्त रु. १०,००० सम्मको भ्यालुएसन बोनस
निश्चित मोडेलमा ० प्रतिशत ब्याजदरमा ईएमआई योजना
फ्लेक्सिबल फाइनान्स विकल्प
२ वर्षसम्म ट्याक्स-फ्री राइड-फ्री अफर

यामाहाका ग्राहकलाई अझ सुविधाजनक, भरपर्दो र झन्झटमुक्त सवारी अनुभव दिनका लागि यी अफरहरू ल्याइएको यामाहा नेपालले जनाएको छ ।

यस अवसरमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, ‘यामाहाको ७०औँ वार्षिकोत्सव केवल समयको होइन, विश्वास, प्रविधि र रूपान्तरणको उत्सव हो। यो राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेनमार्फत हामी ग्राहकलाई यामाहाको लिजेन्डरी यात्राको हिस्सा बन्ने अवसर दिइरहेका छौँ, त्यो पनि यामाहा राइड गरेजस्तै रमाइलो अफरसँगै।’

नेपालको दुई पाङ्ग्रे बजारमा अग्रणी स्थान बनाउँदै आएको यामाहा नेपालले दैनिक प्रयोगका लागि स्कुटरदेखि एडभेन्चर मोटरसाइकलसम्म विभिन्न प्रकारका राइडरहरूको आवश्यकताअनुसार उच्च गुणस्तरका सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ।

७० वर्षको सफल यात्रालाई उत्सवमा परिणत गर्न ल्याइएको यो एक्सचेन्ज अफरले नयाँ बाइक किन्न चाहने ग्राहकका लागि विशेष अवसर प्रस्तुत गरेको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार १२:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।