काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न एक जनालाई कारागार चलान गरिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले सतीश न्यौपानेलाई राजद्रोह, आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सोही दिन दुई फरार प्रतिवादी विनञ्जय थापा र राजेन्द्र जि।सी। अदालतमा उपस्थित भएका थिए ।
अदालतले थापा र जि।सी।लाई जनही १५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए ।
तीनकुने प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने उक्त घटनामा अवैधानिक गतिविधि गरेको आरोपमा ६१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।




















प्रतिक्रिया