Logo

प्रमुख समाचार

भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रवार राति १२ बजेदेखि खोलिने भएकाले महाकाली नदीको तल्लो तटीय क्षेत्रमा आइतबार बिहानसम्म सतर्क रहन विभागले अनुरोध गरेको हो ।

बाँधको सिल्ट सरसफाइका लागि शुक्रवार राति १२ बजेदेखि शनिवार दिउँसो १२ बजेसम्म ढोका खोल्ने तयारी भारतले गरेको छ ।

यसले महाकाली नदीको जलसतह बढ्ने सम्भावना रहेको भन्दै विभागले स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार २०:३९   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।