काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्टहरू निर्वाचन आयोग पुगेका छन् ।
असार २५ गते पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुन सुन्दर लावतीको जिम्मेवारी खोसिदिएका थिए । उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्ष मनोनयन गरेका थिए ।
सोहीअनुसार सुवेदी, महामन्त्री धवलशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, लावतीलगायत नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।




















प्रतिक्रिया