Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण



काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाण्डौको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीलाई कापी पेन्सिललगायत स्टेसनरी सामग्री वितरण गरिएको हो ।

एकेडेमीमा आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान गरेका हुन् ।

एकेडेमीमा आर्थिक रुपमा विपन्न तथा परिवारबाट टाढा रहेका बालबालिकालाई अध्ययन अध्यापन गराइरहेको एकेडेमीका अध्यक्ष डा. माला खरेलले जानकारी दिए । यो सहयोगले विद्यार्थीहरूको पठनपाठन अघि बढाउन सहज भएको भन्दै अध्यक्ष डा. खरेलले सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद ज्ञापन गरे ।

साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १७:१९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।