Logo

प्रमुख समाचार

घुस प्रकरणमा आफ्नै पार्टीका मन्त्रीलाई बर्खास्त नगरेपछि शेखरद्धारा असन्तुष्टि प्रकट



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले घुस प्रकरणमा जोडिएका मन्त्रीलाई कारबाही नभएकोमा असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री र राजनीतिक दलहरूप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।

उनले लेखेका छन्– यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा बिहानै आएर बिचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद् बैठकमा भाग लिन्छन् ।

कोइरालाले विपक्षी दलहरूले पनि कर्मकाण्डी रूपमा मात्र राजीनामा मागेको उल्लेख गरेका छन् । उनले थप भनेका छन्– सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बिचौलियासँग घुस डिल गरेको प्रमाणित भइसक्दा पनि बर्खास्त नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ ।

बिशेषगरि बर्खास्त नै गर्नुपर्ने अवस्था भने आवल्नै पार्टीका उपाध्यक्ष तथा बर्तमान सरकारका गृहमन्त्री रहेका छन् भने अन्नय सामान्य प्रकरण्मा अन्न्य नेता तथा मन्त्री पनि चोखा छैनन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार ०८:५०   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।