Logo

अर्थ

अनधिकृत कारोबार भए तत्काल खबर गराऔं : राष्ट्र बैंक



काठमाडाैं । नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबार सम्बन्धमा तत्काल जानकारी गराउन सबैमा आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज वित्तीय सचेतना अभिवृद्धका लागि एक सन्देश जारी गर्दै यस्तो आग्रह गरेको हो ।

डिजिटल वित्तीय सेवा जति आधुनिक हुँदै गएको छ वित्तीय ठगी र अपराधका शैली पनि त्यतिनै फरक, नयाँ र जटिल बन्दै गएको काले आफ्नो मोबाइल/इमेलमा आएको ओटीपी आफ्नो व्यक्तिगत उपकरण (मोबाइल, कम्प्युटर, एटीएम आदि) तथा इमेलको पासवर्ड कसैलाई सेयर गरेको अवस्थामा त्यस्तो व्यक्तिले बैंक खाताबाट अनधिकृत कारोबार गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यसकारण वित्तीय ठगीमा पर्न सक्ने सम्भावना हुन्छ ।

यस्तो अवस्थामा कहाँ र कसलाई खबर गर्ने भन्ने जानकारी लिन आवश्यक हुन्छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगको लागि कस्टमर सर्पोट सिस्टमको व्यवस्था गरेका हुन्छन् । कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र इकाईमा खबर गर्नु पर्दछ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १०:२७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।