Logo

प्रमुख समाचार

निजामती सेवा विधेयक राष्ट्रियसभाको कार्यसूचीमा, मन्त्रीको राजीनामापछि अन्यौल



काठमाडौं । संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाको कार्यसूचीमा परे पनि त्यसबारे छलफल अघि बढ्ने सम्भावना अहिले अन्यौलपूर्ण बनेको छ । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको विधेयकमाथि मङ्गलवार दिउँसो सवा १ बजे बस्ने बैठकमा विचार गरिने प्रस्ताव कार्यसूचीको दोस्रो नम्बरमा रहेको छ ।

तर, उक्त प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पेश गर्ने कार्यसूचीमा उल्लेख भए पनि मन्त्री गुप्ता घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि मंगलबार बिहानै प्रधानमन्त्री समक्ष राजीनामा दिइसकेका छन् ।

मन्त्री गुप्ताले राजीनामा दिएसँगै संघीय निजामती विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव कसले प्रस्तुत गर्ने भन्ने अन्यौलता सृजना भएको हाे ।

राष्ट्रियसभा सचिवालयका सचिव डा. सुरेन्द्र अर्यालका अनुसार अहिलेसम्म कार्यसूचीबाट हटेको छैन ।

 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १२:२३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।